Logo

संसद् अवरोध गरेकोमा आफ्नै पार्टीसँग भीम रावल असन्तुष्ट



काठमाडौं, ९ पुस । नेकपा (एमाले) ले पछिल्लो समय संसद् अवरोध गरिरहेको छ । तर, एमालेका पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावलले भने संसद् अवरोधलाई लिएर आफ्नै पार्टीको आलोचना गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टीको भूमिकालाई लिएर आलोचना गरिरहेका छन् ।

रावलले आज सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्–‘संसदमा राष्ट्रियता,जनसरोकार,अर्थतन्त्र र विकाससम्बन्धी विषयमा सांसदहरूले बोल्न र छलफल गर्न नपाउने तर महत्वपूर्ण विषय र कानून होहल्लाको बीचमा सरकारले चाहे अनुसार खुरूखुरू पारित गर्नदिने नीति र कार्य देश, जनता र लोकतन्त्रको विरूद्धमा हुन्छ।यस्ता क्रियाकलापले देश कमजोर हुँदै जान्छ।’



प्रतिक्रिया दिनुहोस्