काठमाडौं, ९ पुस । सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले आफ्नो जन्ममितिबारे उठेको विवादमा स्पष्टीकरण दिएकी छन् । न्यायाधीश खड्काले आज (सोमबार) विज्ञप्ती जारी गर्दै आफूले एउटा मात्र नागरिकता लिएको र आफ्नो जन्ममिति २०१४ साल जेठ २ गते नै भएको बताएकी छन् ।
यसअघि खड्काको जन्ममति दुई वटा भएको भनेर समाचार आएका थिए । उनले भने आफूले अहिलेसम्म जन्म मिति नसच्याएको र सच्याउनुपर्ने कुनै कारण नै नभएको पनि स्पष्ट पारेकी छिन् ।
तर, खड्काले आफूले २८ माघ २०३३ मा जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकतामा उमेर १९ वर्ष भएपनि सम्पूर्ण शैक्षिक प्रमाणपत्र तथा अरु कागजातमा जम्ममिति २०१४र२र२ नै कायम रहेको उल्लेख गरेकी छिन् ।
हेरौं उनको विज्ञप्ती जस्ताको त्यस्तै :