Logo

एसएसपी यादवको शव श्रीमती आएपछि मात्र निकालिने



काठमाडौँ, ९ पुस। सरकारी निवासमा झुण्डिएको अवस्थामा मृत फेला परेका संघीय प्रहरी इकाइ कार्यालय रुपन्देहीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवको शव उनकी श्रीमती आएपछि मात्र निकालिने त्यहाँ प्रहरीले जनाएको छ। यादवको श्रीमती काठमाडौंबाट दिउँसो ३ बजे भैरहवा पुग्ने अनुमान गरिएको छ भने उनका बुवा-आमा घटनास्थल पुगिसकेको जनाइएको छ ।

उनी शुक्रबार झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। आफ्नै कार्यालयको क्वार्टरमा बिहीबार दिउँसो १२:४५ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको रुपन्देही प्रहरीले जनाएको छ। नवलपरासी रामग्रामका यादवले प्रहरीमा रहँदा पृथक पहिचान बनाएका थिए । उनी आफू मातहतका प्रहरीलाई व्यायाममा ध्यान दिन भन्थे । आफू पनि नियमित व्यायाम गर्थे । प्रहरीले घटनाको अनुसन्धान बढाइरहेको छ ।

 

‘एसएसपी सुशिलकुमार यादव सरकारी निवासभित्रै मृत्त भेटिए’



प्रतिक्रिया दिनुहोस्