Logo

अध्ययन गरी गहिराइ बुझेर मात्र एमसीसी लागू गर्नुपर्छ : अध्यक्ष नेपाल



काठमाडौँ, ९ पुस। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी)को अध्ययन गरी गहिराइ बुझेर मात्रै लागू गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् । पार्टीको कार्यकर्ता भेलामा सल्यान पुगेका अध्यक्ष नेपालले पत्रकार भेटघाटमा आर्थिक सहयोग मात्र भए एमसीसी पास गर्ने नत्र नगर्ने स्पष्ट पारेका हुन् ।

अध्यक्ष नेपालले भने, ‘एमसीसी सम्बन्धी वास्तविकता के छ त्यो बुझ्छौं र जनताको चाहना के छ त्यो बुझ्छौं । त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउँछौं। अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निस्वार्थ हो भने हामी स्वीकार्छौं । सबै कुराको सुनिश्चित छैन तथा स्वार्थगत छ भने हामी कदापी स्विकार्दैनौं’।’

यस्तै एमसीसी पारित गर्ने अधिकार जनतालाई दिनुपर्ने पनि उनले बताएका छन् । एमसीसी लागु गर्नका लागि उल्लेख गरिएका कुरा परिमार्जनको माग राख्दै आए पनि सम्बन्धित निकायले बेवास्ता गरेको र अध्ययन नै नगरी पास गर्न खोजेको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्