Logo

माओवादी केन्द्र र मसाल(सम्पर्क केन्द्र)बीच एकता



काठमाडौ। ९ पुस। नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच एकता भएको छ। आज (शुक्रबार) दिउँसो काठमाडौंको त्रिपुरेश्वरमा एक सभाका बीच एकता घोषणा गरिएको हो ।

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट फुटेर गठन भएको नेकपा मसला (सम्पर्क केन्द्र) ले माओवादीको महाधिवेशनको संघारमै एकता गरेको हो । मसालबाट अलग्गिएको उक्त समूहको नेतृत्व लोकेन्द्र लम्सालले गरेका थिए ।

शुक्रबार एकता घोषणा सभामा माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल र मसाल सम्पर्क केन्द्रको तर्फबाट लोकेन्द्र लम्सालले हस्ताक्षर गरेका छन् । मसालका नेता मोहनविक्रम सिंहले भने माओवादीसँग एकता गर्ने सम्पर्क केन्द्रलाई पार्टीमै फर्किनका लागि आग्रह गर्दै विज्ञप्ति जारी गरेका छन् ।-Photo By: Mukunda Kalikote/reportersnepal



प्रतिक्रिया दिनुहोस्