Logo

प्रचण्ड-लिङ्देन सडक आन्दोलनमा आमने सामने हुनसक्ने



काठमाडौं, ९ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक आन्दोलनमा जाने बताएका छन् । उनले आज माओवादी निकट मगर राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलनलाई सम्बोधन गर्दै संविधान परिमार्जनका लागि आन्दोलनमा जाने बताएका हुन् ।

प्रचण्डले शासकीय स्वरुपको मुद्दालाई जनपक्षीय बनाउने भन्दै संविधान संशोधनका लागि सडक आन्दोलन सम्म जाने बताएका हुन् । प्रचण्डले गणतन्त्र उल्टाउने षड्यन्त्र भइरहेको समेत औल्याए ।

यसै हप्ता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सडक आन्दोलनबाट हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने बताएका थिए । त्यसलगत्तै प्रचण्डको पछिल्लो भनाई सार्वजनिक भएको हो । लिङ्देनको उदयलाई प्रचण्डले गम्भीरताका साथ लिएका छन् । उनले लिङ्देनतर्फ इंकित गर्दै काँग्रेस महाधिवेशन उदघाटनको दिन गणतन्त्र उल्टाउने प्रयास नगर्न चेतावनी दिएका छन् ।

प्रचण्ड र लिङ्देनको सडक आन्दोलन गर्ने अभिव्यक्तिले देशमा गणतन्त्र र राजसंस्थाको टकराव सडकमै हुनसक्ने सम्भावना बढेको छ । प्रचण्ड धर्मनीरपेक्ष र गणतन्त्र जोगाउनुपर्ने बताइरहेका छन् । लिङ्देन राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको मुद्दाका साथ सडमा जाने बताइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot