काठमाडौं, ९ पौष । बामपन्थी नेता कृष्णराज बर्माका छोरा सञ्जयकुमार बर्मा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । उनले आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाट पार्टी सदस्यता लिएका छन् ।
सञ्जय बर्मा पेशाले इञ्जिनियर हुन् । उनका पिता कृष्णराज बर्मा वरिष्ठ बामपन्थी नेताका रुपमा परिचित छन् । उनी कम्युनिस्ट पार्टीको पहिलो सम्मेलनमा कलकत्तामै थिए । तर, कम्युनिस्ट पार्टीको सम्मेलनबारे अनविज्ञ थिए । उनी जननाट्य संघको सम्मेलनमा कलकत्ता पुगेका थिए ।
भूमिगत कालमै कृष्णराज बर्मा सक्रिय थिए । पुष्पलाल श्रेष्ठबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।
शिरानीमा बाबुआमाको नाममा पत्र राखी घर छाडेर कम्युनिस्ट आन्दोलनमा लागेका थिए । कम्युनिस्ट आन्दोलनमा बर्माको महत्वपूर्ण योगदान छ ।