Logo

‘म चोर होइन’ भन्दै बिजुलीको तारमा पासो लगाई आत्महत्या



काठमाडौं, ९ पौष । कपनमा एक व्यक्तिले अर्काको घरमा उक्लिएर बिजुलीको तारमा पासो लगाई आत्महत्या गरे । आज विहान ५ बजे ती व्यक्तिले सुरुमा चोर आयो भन्दै कराएका थिए ।

चोर आएको भन्दै मानिसहरु निस्किएका थिए । मानिसहरु निस्किएपछि उनले आफू चोर नभएको भन्दै अर्काको घरमा उक्लिएका थिए । पछि बिजुलीको कालो तारमा पासो लगाएपछि उनलाई जोगाउन खोजेका थिए । तर, उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका प्रकाश अधिकारी भएको खुलेको छ । उनी राजधानीमा मजदूरी गर्दै आएका थिए । मादक पद्धार्थ सेवन गर्ने अधिकारीको आत्महत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले आत्महत्या गरिरहेको दृश्य समेत केही व्यक्तिले क्यामरामा कैद गरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot