Logo

बागमतीमा पाण्डेले थपे यी मन्त्री



काठमाडौं, ९ पौष । प्रतिपक्षीको चर्को विरोधका बाबजुद बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले नेपाली काँग्रेसबाट तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

आज मन्त्री थपिएसँगै बागमतीमा मन्त्रिमण्डल १८ सदस्यीय भएको छ । बागमती सबैभन्दा बढी मन्त्री र राज्यमन्त्री भएको प्रदेश बनेको छ । यो संख्या केन्द्र सरकारको मन्त्रिमण्डलको संख्याभन्दा केहीमात्रले कम हो ।

नयाँ थपिएका मन्त्रीमा दीपेन्द्र श्रेष्ठ संस्कृति, बलराम पौडेल भूमिव्यवस्था र मिलनबाबु श्रेष्ठ उद्दोगमन्त्री छन् । सन्तबहादुर प्रजा भौतिक पूर्वाधार राज्यमन्त्री, रजनी अमात्य जोन्छे उद्दोग राज्यमन्त्री र कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्