Logo

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले सुविधा सम्पन्न अस्पताल बनाउँदै



कपिलवस्तु, ९ पुस : कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले १५ शय्याको अस्पताल भवन निर्माणको तयारीमा सुरु भएको छ । नगरपालिकाले हाल सञ्चालनमा रहेको महाराजगन्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रूपान्तरण गर्दै आधुनिक भवन निर्माण गर्न लागेको नगर प्रमुख अब्दुल कलाम मुसलमानले बताए । तीन तल्ले भवनको लागि २८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

इस्टिमेट अनुसार २६ बिरामी चेक जाँच गर्ने कक्ष, माथिल्लो तल्लामा बिरामी भर्ना गर्ने कोठा र तेस्रो तल्लामा अस्पताल प्रशासन र चिकित्सक निवास हुने नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत वेदप्रसाद खरेलले बताए ।

नयाँ बन्ने भवनको तीन तल्ला सम्म एम्बुलेन्स पुराउन सकिने गरी डिजाइन गरिएको ड्रिम डेभलोपर्स प्रालिका आर्किटेक्ट सन्दीप डोटेल बताए । यता नगरपालिकाले भवन निर्माणका लागि टेन्डर प्रक्रिया सुरु गरेको छ । संघीय सरकारको सहयोगमा बन्ने भवनलाई दुई वर्ष भित्र सम्पन्न गराउने लक्ष्य लिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot