Logo

माओवादीमा ७ उपाध्यक्षसहित १५ पदाधिकारीको प्रस्ताव



काठमाडौं, ९ पौष । पदाधिकारीमा धेरैको दाबी देखिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संख्या बढाउने तयारी गरेका छन् । उनले स्थायी कमिटीमा ७ उपाध्यक्षसहित १५ पदाधिकारीको प्रस्ताव गरेका हुन् ।

एक वरिष्ठसहित ७ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव र ३ सचिवको प्रस्ताव गरेको बुझिएको छ । ११ पौष देखि राष्ट्रिय सम्मेलन गर्नु अघि प्रचण्डले पदाधिकारी बढाउने तयारी गरेका हुन् ।

माओवादी केन्द्रमा मुख्य पदाधिकारीमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, जर्नादन शर्मा, पम्फा भुसाल, देव गुरुङ, मातृका यादव, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल, ओनसरी घर्तीलगायतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्