काठमाडौं, १० पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (शनिबार) दुई खेल हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
५ अंक जोडेको हिमालयन नवौं स्थानमा रहेको छ भने च्यासल ४ अंकका साथ १३औं स्थानमा रहेको छ ।
यस्तै, दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।मनाङ र मछिन्द्रबीचको खेल साझँ ४ः४५ बजे सुरु हुनेछ ।
शीर्ष स्थान रहेको मनाङ आफ्नो स्थान यथावत राख्न चाहन्छ भने दोस्रो स्थानमा रहेको मछिन्द्र आज शीर्ष स्थानमा उक्लन चाहन्छ ।