Logo

भारतमा ओमिक्रोन संक्रमितको संख्या ४ सय १५ पुग्यो



एजेन्सी, १० पुस। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट संक्रमित हुनेको संख्या ४ सय १५ पुगेको छ । भारतका कतिपय राज्यले ओमिक्रोन फैलिन नदिन क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै रात्रीकालिन क्लबहरु बन्द गराएका छन् ।

भारतमा कोरोनाबाट संक्रिय संक्रमितको संख्या ७७ हजार नाघेको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् । भारतका कतिपय राज्य क्रिसमस र नयाँ वर्ष मनाउन प्रतिबन्ध लगाएको छ । भारतको राजस्थान,महाराष्ट्र, हरियाणा लगायत स्थानमा ओमिक्रोनको जोखिम बढेको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्