![](https://reportersnepal.com/wp-content/uploads/2021/08/nekapa-maobadi-ko-standing-committee-meeting-4-768x447.jpg)
काठमाडौँ, १० कात्तिक: आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ ।
बैठक अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । शुक्रबार बिहान बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन पेश भएको थियो ।
बैठकमा अध्यक्ष दाहालको प्रतिवेदन र पार्टी केन्द्रले मनोनित गर्ने प्रतिनिधिका बारेमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।-रासस/File Photo