Logo

नारायण दाहालको दाबी : अब माओवादीले विचार र संगठन दुवैमा चमत्कार गर्छ (भिडिओसहित)



काठमाडौं, १० पुस । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता नारायणप्रसाद दाहालले पार्टी कमजोर भएको भन्ने कुप्रचारलाई भोलिबाट सुरु हुने राष्ट्रिय सम्मेलनले चिर्ने बताएका छन् । उनले पार्टीले नेपाली कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउने पनि दाबी गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अब पार्टी चमत्कार गर्ने पनि दाबी गरे ।

उनले एमालेले नारायणीको तिरमा भीड गरेकोजस्तो आफ्नो पार्टीको सम्मेलन नहुने पनि जिकिर गरे । उनले आफूहरुले विचारलाई केन्द्रमा राखेर अघि बढेको र नेपालमा वैज्ञानिक समाजवाद हाँसिल गर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्