Logo

प्रधानमन्त्री कप: सुदूरपश्चिममाथी शानदार जित निकाल्दै प्रदेश १ सेमिफाइनलमा प्रवेश



काठमाडौं, १० पुस । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ फाइनलमा प्रवेश गरेको छ ।

धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा आज (शनिबार) भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश १ सेमिफाइनलमा पुगेको हो ।

सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य प्रदेश १ ले १६ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहदै ३१ रन जोडिन भने काजल श्रेष्ठले २८ रनको बनाइन् ।

साथै, अप्सरी बेगम ९ रनमा अविजित रहिन ।

सुदूरपश्चिमकी कविता जोशीले १ विकेट लिईन ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर ८५ रन जोडेको थियो ।

सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २७ रन जोड्दा कप्तान ऋतु कनौजियाले २५ रन जोडिन् ।

प्रदेश १ का लागि संगीता राई, ज्योति दनुवार, अलिशा खडिया र रुबिना क्षेत्रीले समान १÷१ विकेट हात पारे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot