Logo

म सबैको सभापति हुँ, पार्टीमा सबैको भावना समेटेर हिँड्छु : सभापति देउवा (भिडिओसहित)



काठमाडौं, १० पुस । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सबैको साझा सभापति भएको भन्दै सोहीअनुसार सबैलाई समान व्यवहार गर्ने बताएका छन् ।

नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुले निर्वाचित भएको प्रमाणपत्र लिने कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । उनले आफू सबैको सभापति भएको बताए ।

उनले भने,‘‘म सबैलाई समावेश गरेर सबैको सभापति बनेर, पार्टीमा सबैको भावना समेटेर हिँड्छु ।’ उनले अब आउने सबै तहका निर्वाचनमा पार्टीलाइ ठूलो बनाउने पनि प्रतिबद्धता व्यक्त गरे । र, यसको लागि सबै मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।-Photo By: Mukunda Kalikote/reportersnepal



प्रतिक्रिया दिनुहोस्

Screenshot