Logo

तीन वर्षभित्र नेपाल काठमा आत्मनिर्भर हुन्छ : मन्त्री यादव



काठमाडौँ, १० पुस: वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले आगामी तीन वर्षभित्रमा देशलाई काठमा आत्मनिर्भर बनाउने प्रतिबद्दता व्यक्त गरेका छन् ।

नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासङ्घको सातौँ वार्षिक साधारणसभा तथा चौँथो महाधिवेशनको उद्घाटन गर्दै उनले आगामी सन् २०३० सम्ममा नेपालको कुल भू–भागको ४५ प्रतिशत वन क्षेत्र बनाइने बताए ।

उनले भने, “अहिले कुल भू–भागको ४४ प्रतिशत वन जङ्गल छ, अब आगामी २०३० सम्ममा ४५ प्रतिशत पु¥याउने र तीन वर्षभित्रमा वन÷जङ्गल र काठमा आत्मनिर्भर बनाउँदै पाँच वर्षभित्रमा काठ निर्यात गर्ने योजना रहेको छ ।” मन्त्री यादवले वन तथा काठमा देखिएको समग्र समस्या समाधानका लागि सम्बन्धित क्षेत्रको सल्लाह र सुझावका आधारमा वन ऐनको नियमावली अन्तिमरुप लिने जनाउँदै त्यसका लागि सहयोेग गर्न आह्वान गरे । अब वनलाई दिगो व्यवस्थापन गर्दै विदेशभित्र उत्पादित काठलाई सहज रुपमा प्राप्त गर्ने व्यवस्था मिलाउने, काठ कटान र टेन्डरमा देखिएको विचौलीको समस्या समाधान गर्ने उनको भनाइ छ ।

मन्त्री यादवले फर्निचर र फर्निसिङ्ग क्षेत्रका व्यवसायीलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराउने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । महासङ्घका अध्यक्ष रामप्रसाद न्यौपानेले नेपालमा नेपाली काठ सहजरुपमा उपलब्ध नहँदा व्यवसायीले विभिन्न समस्या भोग्नुपरेको गुनासो गरे । उनले उद्योगका लागि प्रयोग हुने कच्चा पदार्थमा लाग्ने भन्सार महसूल कम भयो भने उत्पादन लागत कम हुने विश्वास व्यक्त गरे ।

महासङ्घका महासचिव ओमबहादुर बस्नेतले नेपाल पछिल्लो समयमा प्लाष्टिक फर्निचर, ग्राफिक कार्पेट, म्याटे«स, भेलोर कार्पेट, गलैँचा पिभिसी कार्पेटलगायत फर्निचर-फनिसिङ्गमा आत्मनिर्भर बन्दै गएको बताए । युवा विदेश पलायन भएको अवस्थामा उद्योग क्षेत्रमा कामदारको अभाव झेल्नुपर्ने तथा तेस्रो मुलुकबाट दक्ष कमदार मगाउँदा उत्पादन लागत बढ्ने महासङ्घको भनाइ छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।-रासस



प्रतिक्रिया दिनुहोस्