Logo

पाकिस्तानले संस्थापक जिन्नाको १४६ औँ जन्मजयन्ती मनाउँदै



इस्लामाबाद [पाकिस्तान], १० पुस: पाकिस्तानले शनिबार देश संस्थापक मोहम्मद अली जिन्नाहको १४६औं जन्मजयन्ती मनाउँदैछ।

यस अवसरमा सबै सार्वजनिक र निजी भवनमा राष्ट्रिय झण्डा फहराइनेएआरवाई न्युजले जनाएको छ । उक्त कार्यक्रम कराँचीस्थित कायदे-ए-आजमको समाधिमा पवित्र कुरानको पठनसँग शुरु हुनेछ।

समाधिस्थलमाबिहानै भव्य गार्ड परेड हुनेछ ।

कायदे-ए-आजमको जीवन, उपलब्धीहरू र व्यक्तित्वका विभिन्न पक्षलाई हाइलाइट गर्न आधिकारिक र नागरिक समाज दुवै तहमा सेमिनार, बहस र प्रदर्शनीसहित थुप्रै कार्यक्रम आयोजना गरिनेएआरवाई न्युजले उल्लेख गरेको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot