Logo

माधव नेपालसँग हामी ढिलो/चाँडो एक ठाउँमा हुन्छौं : प्रचण्ड



काठमाडौं, १० पुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले माधव नेपालसँग ढिलो÷चाँडो एकता हुने संकेत गरेका छन् । उनले भने–‘माधव नेपालसँग हामी ढिलो/चाँडो एक ठाउँमा हुन्छौं। हामी यसअघि पनि आफैं छुट्टिएको होइन।’ पार्टीको राष्ट्रिय सम्मेलनको अघिल्लो दिन आज (शनिबार) सम्पादकहरुसँग अन्तरक्रिया गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

दाहालले संसद्को अवरोध हटाउनको लागि आफूहरुले पहल गरिरहेको बताएका छन् । उनले एमालेले लगातार संसद् अवरोध गरेकोमा गुनासो समेत गरेका छन् । उनले संसद्को अवरोध हटाउनको लागि आफूहरु एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवासमा जाने पनि सुनाए । त्यसको लागि आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रस्ताव गरिसकेको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot