Logo

व्यक्तिको घरमा पौने दुई अर्ब रकम भेटिएपछि…



एजेन्सी, १० पौष । व्यक्तिले घरमा हजार, लाख, करोडसम्म रकम राख्नसक्छ । अर्बभन्दा बढी रकम त एकैपटक केन्द्रीय बैंकबाहेकको बैंकले पनि राख्दैन । तर, एक व्यक्तिकै घरबाट पौने दुई अर्ब रकम भेटिएको छ ।

घटना भारतको उत्तर प्रदेशको कानपुरको हो । पिउस जैन नामका व्यापारीको घरबाट पौने दुई अर्ब भारतीय रुपैयाँ बरामद भएको छ । ती व्यापारी समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवनिकट रहेको जनाइएको छ ।

भारतको इन्कम ट्याक्ससम्बन्धी छानविन गर्ने निकायले कानपुरस्थित जैनको घरमा छापा मारेको थियो । बिहिबारबाट छापा मार्दा पौने दुई अर्ब नगद बरामद भइसकेको जनाइएको छ ।

भारतको सेन्ट्रल बोर्ड अफ इन्डाइरेक्ट ट्याक्सेस एन्ड कस्टम्सले छापा मारेकोमा यो अहिलेसम्मकै बढी रकम भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

जैन अत्तरको उद्दोगी हुन् । उनको घर र कार्यालयमा छापा मारेको दृश्य रोचक तरिकाले मिडियाले सार्वजनिक गर्दै आएका छन् । घरमा रकम मिलाएर सुरक्षित तरिकाले राखेको पाइएको छ ।



प्रतिक्रिया दिनुहोस्