Logo

प्रचण्ड अब सामान्य घरमा कोठा भाडा लिएर बस्ने



काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल अब सामान्य घरमा कोठा भाडा लिएर बस्ने भएका छन् ।

उनले आफूले अब छिट्टै यस्तो तयारी गरेको खुलासा गरेका हुन् । यसअघि उनीमाथि विलाषी जीवन व्यतित गरिरहेको आरोप लाग्ने गरेको छ।

दाहालले आफूले हलो जोतेको पनि सुनाएका छन् । उनले आफू गरिब, किसान परिवारबाट आएको पनि सुनाए ।

उनले राजनीति र प्रेममा सबै चिज जायज हुने टिप्पणी गरे । उनले लाजिम्पाटमा आफू पहिले बसेको घर पनि आफ्नो नरहेको स्पष्ट पारे ।

अहिले खुमलटारमा बसिररहेको घर पनि छोड्ने उनले खुलासा गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्