Logo

ओलीलाई महाविधेशन उद्घाटनमा ल्याउन पहल गर्दै प्रचण्ड



काठमाडौं, ११ पौष । आजबाट नेकपा माओवादी केन्द्रको महाधिवेशन सुरु हुँदैछ । काठमाडौंमा हुने महाधिवेशन उदघाटनमा प्रमुख दलका शिर्ष नेताहरुलाई निम्तो गरिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु सहभागी हुने निश्चित भएको छ । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने या नहुने निश्चित भएको छैन ।

प्रचण्डले ओलीलाई महाधिवेशन उदघाटनमा ल्याउन आफै पहल गरेको बुझिएको छ । उनले ओलीसँग सम्पर्क गरी सहभागी हुन आग्रह गरेको बुझिएको छ ।

नेकपा विभाजन भएपछि ओली र प्रचण्ड काँग्रेसको महाविधेशनको उदघाटनको दिन एउटै मञ्चमा देखिएका थिए । दुई नेताबीच भलाकुसारी समेत भएको थियो । यसलाई प्रचण्ड र ओलीबीचको सम्बन्धमा आइसब्रेक मानिएको थियो ।

ओली माओवादीको महाधिवेशन उद्घाटनमा सहभागी हुने सम्भावना भने कम छ । तर, पछिल्लो समय प्रचण्डसँग उनको सम्बन्धमा निकै सुधार भइरहेबाट सम्भावनालाई नकार्न भने सकिदैन ।-File Photo



प्रतिक्रिया दिनुहोस्