Logo

ओली-प्रचण्ड फेरि मिल्न सक्ने



काठमाडौं, ११ पौष । राजनीतिमा असम्भव भन्ने हुँदैन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्धनले त्यसलाई पुष्टि गर्दछ ।

कुनैपनि ओली प्रचण्डको नामै सुन्न चाहँदैनथिए । दुई नेता एक अर्कामाथि शब्दवाण प्रहार गर्थे । तर, दुनियाँलाई आश्चर्यमा पादै ओली र प्रचण्डले चुनावी गठबन्धन हुँदै पार्टी एक बनाए । त्यो साँढे २ वर्षभन्दा बढी टिक्न सकेन । विवाद बढ्दै गयो । ओली र प्रचण्ड अलग भए ।

महिनौंसम्म पानी बाराबार गरेका ओली र प्रचण्ड नेपाली काँग्रेसको १४औं महाधिवेशन उदघाटनमा एउटै मञ्चमा देखिए । दुवैले भलाकुसारी पनि गरे । यसले सम्पर्कहरु बढ्न थाल्यो ।

प्रचण्डले ओलीलाई माओवादी केन्द्रको महाधिवेशनमा निम्तो गरे । यसलाई दुई नेताबीच सम्बन्ध सुधार हुँदै गएको रुपमा लिन थालिएको छ ।

पछिल्लो समय प्रचण्ड कम्युनिस्ट एकतामा पुनः सक्रिय भएका छन् । उनी पूर्वमाओवादीबीच एकतामा लागेका छन् । माधवकुमार नेपालसँग पनि एकताका लागि छलफल चलिरहेको खुलेको छ । चुनावसम्म कम्युनिस्ट एकतालाई सफल बनाउन प्रचण्ड रणनीतिक रुपमै बढेका छन् ।

प्रचण्ड आश्चर्यजनक निर्णयहरु गर्न सिपालु छन् । ठूलो दुश्मन घोषणा गरेकाहरुसँग पनि हात मिलाउन खप्पिस छन् । उनले विगतमा राजावादीहरुसँग वार्ता गरेको खुलिसकेको छ । गिरिजाप्रसाद कोइरालासँग मिलेर शान्ति प्रक्रियालाई बढाएका थिए । प्रचण्डले आश्चर्यमा पादै महत्वपूर्ण निर्णयहरु गर्दै आएका छन् । उनी फेरि कम्युनिस्ट एकतामा लागेका छन् । ओलीसँग फेरि मिल्न सक्ने आधारहरु तयार गर्दैछन् ।

एमालेको चितवन महाधिवेशनमा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले फेरि एमालेसँग मिलन हुनसक्ने औल्याएका थिए । यसलाई अर्थपूर्ण रुपमा लिइएको छ । फेरि ओली प्रचण्ड मिलाउन एउटा शक्ति लागेको छ । यो सजिलो छैन तर असम्भव होइन ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot