Logo

१०० प्रभावशाली व्यावसायिक व्यक्तिको सूचीमा देवयानी राणा



काठमाडौं, पुस ११। भारतका एक सय प्रभावशाली व्यावसायिक व्यक्तिको सूचीमा देवयानी राणाको नाम समावेश रहेको छ ।

रेप्युटेशन टुडेले सार्वजनिक गरेको उक्त सूचीमा देवयानीको नाम ४६औं स्थानमा रहेको छ । बहुराष्ट्रिय कम्पनी कोकाकोलासँग आबद्ध राणा कम्पनीको भारत तथा दक्षिण पश्चिम एसिया हेर्ने जनसम्पर्क, सञ्चार एवं दीगोविकास मामिलाको उपाध्यक्ष हुन् ।

मध्य प्रदेशको राजपरिवारका सदस्य ऐश्वर्य सिंहसँग विवाह गरेकी राणा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपति शम्शेर राणाकी छोरी हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot