Logo

मलेसियामा बाढीका कारण ४६ जनाको मृत्यु



११ पुस : मलेसियामा केही दिनयता देखिएको भीषण बाढीका कारण त्यहाँका कम्तीमा पनि ४६ जनाको ज्यान गएको बताइएको छ ।त्यहाँ केही दिनयतादेखि जारी रहेको मौसमी बाढीबाट शनिबारसम्म ४६ जनाको ज्यान गएको बताइएको हो । त्यहाँका उद्धार अधिकारीहरुले अरु आठ जना अझै बेपत्ता भएका बताएका छन् ।

मलेसियाको मौसम विभागले शनिबार पहाङ, तेरेंगानु र केलान्तानका तटीय राज्यहरूमा धेरैको ज्यान गएको बताएको छ । साथै ती क्षेत्रमा अझै पनि भारी वर्षा र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot