Logo

पाकिस्तानमा पीटीआई नेताको दिउँसै गोली हानी हत्या



एजेन्सी, ११ पुस। पाकिस्तान तेहरेक–ए–इन्साफ (पीटीआई) का स्थानीय नेतालाई पञ्जाब प्रान्तको कराची शहरमा शुक्रबार अज्ञात सशस्त्र मानिसहरूको एक जत्थाले गोली हानी हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् । ।

घटना दिउँसोको समयमा भएको जनाइएको छ । उक्त घटनामा पीटीआई नेताको मृत्यु भएको र थप एक जना सख्त घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ । रिपोर्टअनुसार क्यदाबाद क्षेत्रको मुर्गीखाना बिसौनी नजिकै एक विवादित जमिनका विषयलाई लिएर उनको हत्या गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

घटनामा सम्लग्न व्यक्तिहरू आक्रमणपछि भागेको र प्रहरीले उनीहरूको खोजी गरिरहेको जनाएको छ । आक्रमणमा घाइते भएकाहरूलाई नजिकैको अस्पतालमा लगी उपचार भइरहेको छ । पीटीआई नेता गैरकानुनीरूपमा ओगटिएको जग्गाका विषयमा स्थानीय अदालतमा सुनुवाइपछि घर फर्कंदै गर्दा उनमाथि आक्रमण भएको हो । पीटीआई नेतृत्वले घटनाको निन्दा गर्दै दोषीलाई तत्काल पक्राउ गर्न माग गरेको छ । घटनाबारे थप जानकारी विस्तृत अनुसन्धानपछि मात्र दिन सकिने प्रहरीले बताएको छ ।-Symbolic photo



प्रतिक्रिया दिनुहोस्

Screenshot