Logo

रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार बनाउन धेरै प्रयास भयो,नहुने भएपछि मैले पनि उम्मेदवारी दिइनँ: रेशम गुरुङ



काठमाडौं, ११ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सोचका साथ काठमाडौं पुगेका कांग्रेस तनहूँ जिल्ला कार्यसमितिका पुर्व कोषाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि रेशम लाल गुरुङले उम्मेदवारी दिएनन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको उम्मेदवार नहुने भए पछि महाधिवेशनमा उम्मेदवारी नदिएको नेताले गुरुङले बताएका छन् । रिपोर्टर्स नेपालसँग कुरा गर्दै गुरुङले भने, ‘१४औं महाधिवेशनमा जनजातिको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सोचका साथ काठमाडौंमा आएको थिए । तर, रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार बनाउन धेरै प्रयास भयो नहुने भए पछि मैले पनि उम्मेदवारी दिइन् ।’

बन्दिपुर–२ मुचुकमा जन्मिएर २०३८/३९ सालबाट भानु माध्यमिक विद्यालय, बन्दिपुरबाट बिद्यार्थी राजनिति सुरु गरेका गुरुङले २०४६ सालबाट वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नजिक भएर राजनिती गर्र्दै आएका हुन् । २०४२ सालको सत्याग्रहमा भागलिई नेपाली कांग्रेसको राजनीतिक यात्रा सुरु गरेका गुरुङ पार्टिको विभिन्न पदमा बसेर काम गरेका छन् ।

१३औ महाधिवेशनमा जिल्ला कोषाध्यक्ष र १४औ मा महाधिवेशन प्रतिनिधि भई जनजाति तर्फबाट केन्द्रीय सदस्यको उमेदवारी दिने सोचका साथ काठमाडौं आएको गुरुङको सपना पौडेलको कारण अधुरो रह्यो ।

पौडेलले अन्तिममा टिम नै छाडेपछि उनका नजिकका भनिने तनुहँका नेताहरु गुरुङ, बैकुन्ठ न्यौपाने, लक्ष्मी आचार्य र राम चन्द्र अधिकारीको राजनितिक भबिस्य अन्धकारतिर धकेलिएको हो की भन्ने आँकलन गर्न थालिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot