Logo

तालिवानद्वारा अफगानिस्तान निर्वाचन आयोग विघटन



एजेन्सी, ११ पुस। तालिवानले अफगानिस्तानको निर्वाचन आयोग विघटन गरेको छ । निर्वाचन आवश्यक नभएको भन्दै तालिवानले आयोग विघटन गरेको अल्जजीराले लेखेको हो ।

स्वतन्त्र निर्वाचन आयोग (आइइसी) तर्फ इंगित गर्दै आयोगका प्रवक्ता विलाल कारिमीले भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यम अल्जजीराले लेखेको छ,‘आयोगको अस्थित्व र सञ्चालन आवश्यक छैन। आवश्यक परेको खण्डमा इस्लामिक इमिरेट्सले यस्ता आयोगहरूलाई ब्यूँताउछ ।’

तालिवानले हतारमा आयोग विघटन गरेको एक पूर्व आयुक्तले बताएका छन् । देशमा स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्ने उदेश्यले सन् २००६ मा आयोग स्थापना भएको थियो । तालिवानले १५ अगस्तमा सत्ता कब्जा गरेपछि त्यहाँका महिला मन्त्रालयलाई समेत विघटन गरेको थियो । त्यहाँ महिलाको हक अधिकारलाई कण्ठित गरिएको छ । तालिवानले अन्तर्राष्ट्रिय समूदायलाई फ्रिज गएिको रकम फिर्ता गरिदिन र तालिवान सरकारलाई मान्यता र सहयोग गर्न निरन्तर प्रयास गरिरहेको छ ।-Photo Source: aljazeera



प्रतिक्रिया दिनुहोस्