Logo

रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला आत्मघाती बिस्फोट, ६ को मृत्यु



एजेन्सी, ११ पुस। गणतन्त्र कंगोमा एउटा रेस्टुरेन्टमा भएको आत्मघाती हमलामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । पूर्वी शहर बेनीमा भिडभाडयुक्त रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला आत्मघाती बिस्फोट भएको हो ।

बिस्फोटमा एक दर्जनभन्दा बढी घाइते भएको जनाइएको छ । एक आक्रमणकारीले रेस्टुरेन्टको प्रवेशद्वारमा आत्मघाती बिस्फोट गराएका थिए ।इस्लामिक स्टेट आइएससँग आबद्ध एकीकृत डेमोक्रयाटिक फोर्स एडीएफका कार्यकर्ताहरुले सो बिस्फोट गराएको अधिकारीहरुले बताएका छन् ।

अहिलेसम्म कुनै पनि समूहले बिस्फोटको जिम्मा लिएका छैन । बम बिस्फोट हुँदा रेस्टुरेन्टमा ३० जनाभन्दा बढीले क्रिसमस मनाइरहेका थिए । बिस्फोटको समयमा महिला र बालबालिका थिए ।बेनीमा सेना र मुस्लिम लडाकुका कार्यकर्ताबीच बारम्बार झडप हुने गरेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot