Logo

म्यानमार हिंसा : ३० जनाभन्दा बढीको शव जलेको अवस्थामा भेटियो



एजेन्सी, ११ पुस। म्यानमारको कायाह प्रान्तमा ३० जनाभन्दा धेरै शव जलेको अवस्थामा भेटिएका छन् । त्यहाँको मानवअधिकार समूहका अनुसार बालबालिका र महिलाका गरी ३० वटाभन्दा धेरै शव फेला परेको हो ।

ती शवहरु म्यानमारको सेनाले जलाएर गाडेको हुनसक्ने आशङ्का गरिएको सञ्चारमाध्यममा खबर छ । म्यानमारको पुस्रो सहर नजिक रहेको गाउँमा सेनाले गोली हानी उनीहरुको हत्या गरेको दाबी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । म्यानमारमा सैनिक शासनको विरोध गर्नेहरुलाई सेनाले अमानवीय व्यवहार गर्ने गरेको मानवअधिकारवादी समूहको आरोप छ ।

समूहले फेसबूकमा एउटा पोस्ट गर्दै भन्यो, ‘हामी मानवअधिकारको उल्लंघन गरिएको यस अमानवीय र नृशंस हत्याको कडा निन्दा गर्छौं ।’ मानवअधिकार समूह र स्थानीय मिडियाले सार्वजनिक गरेको तस्वीरमा जलेको ट्रक र बेडमा जलेको शवको अवशेष देखिएको छ । एक समूहको भनाईलाई उदृत गर्दै अल्जजीराले लेखेको छ, ‘हामी विश्वस्त हौँ की निजी सवारी साधनलाई आक्रमण गरियो । र, त्यसपछि आगो लगाइयो ।’ म्यानमारमा आङ सान सुकी नेतृत्वको सरकारलाई हटाएर सत्ता हातमा लिएयता सेनाकाे नागरिकस्तरबाट विरोध हुँदै आएको छ ।-Photo Source: aljazeera



प्रतिक्रिया दिनुहोस्

Screenshot