काठमाडौं, ११ पुस । नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ न्यौपानेले प्रचण्ड नरहे माओवादी आन्दोलन नै रहँदैन भन्नु गलत भएको टिप्पणी गरेका छन् ।
हिजो राति प्राइम टाईम्स टेलिभिजनको कार्यक्रममा ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् ।
‘प्रचण्ड रहनुभएन भने माओवादी आन्दोलन रहदैन्, नेपाली समाजको रुपान्तरणको आन्दोलन बाकीँ रहदैन्, उहाँ रहनुभएन भने समग्र कम्युनिष्ट आन्दोलन बाकीँ रहदैन् भन्नेकुरा सैद्धान्तीक हिसाबमा मिल्दैन् नि’ उनले भने ।
साथै, उनले राष्ट्रिय सम्मेलनको ८ घण्टा अगाडी एक्कासि कसरी महाधिवेशन हुन्छ ? भन्दै प्रश्न गरे ।
‘महाधिवेशन हो अथवा राष्ट्रिय सम्मेलन हो भन्ने यो कुरा फरक विषयवस्तु हो र यसको गुरुत्व फरक हुन्छ । किनभने हामीले सम्मेलन तोकेको भर्खरै पनि होइन्’ उनले भने ।