Logo

छोरासँग यस्तो पहिरनमा ट्रोल भइन् मलाइका अरोरा



एजेन्सी, ११ पुस । मलाइका अरोरा सोसल मिडियाकी क्वीन हुन्। उनी आफ्नो स्टाइलले मानिसहरूको मन मोहित पार्छिन् । यही कारणले गर्दा होला मानिसहरु पनि उनको एक झलक हेर्न आतुर हुन्छन् । आफ्नो फिटनेस र लुक्सले फ्यानलाई प्रेरित गर्ने मलाइका पनि क्रिसमसमा फरक शैलीमा देखा परिन् । क्रिसमसको अवसरमा मलाइका अरोराको नयाँ भिडियो सार्वजनिक भएको छ, जसमा उनी छोरा अरहानसँग देखिएकी छिन् । तर, यो समयमा पनि मानिसहरुले उनलाई ट्रोल गर्न छोडेनन् ।

क्रिसमसको दिन भाइरल भएको भिडियोमा मलाइका छोटो प्रिन्टेड फ्रक ड्रेसमा देख्न सकिन्छ । मलाइका आफ्नो लुक्समा निकै ग्ल्यामरस देखिएकी थिइन् । उनका फ्यानहरुले पनि यो भिडियोलाई निकै मन पराएका छन् । यो पोस्टमा हालसम्म २० हजारभन्दा बढी लाइक आएका छन् । पोस्टमा प्रयोगकर्ताहरूबाट धेरै प्रतिक्रियाहरू पनि छन्। पोस्टमा कमेन्ट गर्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘यो पूर्ण अरबाज जस्तो देखिन्छ ।

छोरासँगै आमाको घरमा क्रिसमस मनाउन आएकी मलाइकालाई ट्रोलले छोडेन । उनको पहिरनलाई लिएर धेरै अश्लील कमेन्ट गरिएको थियो । यससँगै कुन आमा आफ्नो छोरासँग यस्तो लुगा लगाएर बाहिर निस्कन्छिन् भन्दै उनलाई आरोप समेत लगाएका छन् । कसैले त मलाइकालाई पूरा लुगा लगाउन सल्लाह दिएका पनि छन् । चर कसैले भने छोरालाई लाज लाग्छ आमाले यति छोटो लुगा लगाएकोमा । भन्दै प्रतिक्रिया समेत दिएका छन् ।

एक भिडियोमा मलाइका आफ्नी बहिनी अमृतासँग लडिरहेको पनि देखिएकी छिन् । जसमा मलाइका अरोरा विजयी भएकी छन् । सोही भिडियोमा मानिसहरुले अर्जुन कपुरलाई पनि देखेका छन् । अर्जुन र मलाइका आउँदो वर्ष बिबाह बन्धनमा बाँधिन सक्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot