Logo

सलमान खानलाई सर्पले टोकेपछि…



एजेन्सी, ११ पुस। बलिउड सुपरस्टार सलमान खानलाई विषरहित सर्पले टोकेको छ । आज विहान उनको पनवेलमा रहेको फार्महाउसमा विषरहित सर्पले टोकेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ ।

सर्पले टोक्ना साथ उनलाई नजिकैको अस्पताल लगिएको थियो । उपचारपश्चात उनलाई करिब ९ बजे डिस्चार्ज गरिएको थियो । सर्पले सलमानको हातमा टोेकेको जनाइएको छ । अहिले उनको अवस्था सामान्य रहेको जनाइएको छ । उनको जन्मदिन नजिकिदैँ गर्दा उक्त घटना घटेको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot