Logo

नेपालमा थप २ सय १९ जनामा कोरोना संक्रमण



काठमाडौं, ११ पुस। आज नेपालमा कोरोना भाइरसका २ सय १९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २७ हजार २ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज २ सय ८३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १० हजार ७ सय ८० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ९ हजार ६ सय ७७ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्