Logo

माओवादीको महाधिवेशनमा को को पुगे



काठमाडौं, ११ पौष । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन सुरु भएको छ । आज सुरु भएको महाधिवेशनमा विभिन्न दलका नेताहरु पुगेका छन् ।

प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा, नेकपा मालेका महासचिव सीपी मैनाली, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot