Logo

स्कुटर दुर्घटना हुँदा नर्स सुब्बाको मृत्यु



काठमाडौं, ११ पुस । स्कुटर दुर्घटनामा गम्भिर घाइते भएकी स्टाफ नर्सको निधन भएको छ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा कार्यरत स्टाफ नर्स निशा सुब्बाको उपचारका क्रममा बिएन्डबी अस्पताल शनिबार बिहान निधन भएको हो।

झापा भद्रपुर घर भएकी सुब्बाको पुस ३ गते स्कुटर दुर्घटना परेको थियो । अस्पतालमा ड्यूटी सकेर घर फर्कने क्रममा ललितपुरको इमाडोलमा उनी दुर्घटनामा परेकी थिइन् ।

अस्पतालको आइसीयुमा उपचाररत उनको शनिबार बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्