Logo

गजुरेलले भनेः पूर्वमाओवादी एक हुनसक्छौं



काठमाडौं, ११ पौष । नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेलले पूर्वमाओवादी एक हुनसक्ने संकेत गरेका छन् । उनले माओवादी केन्द्रको महाधिवेशन उदघाटनमा स्वागत मन्तव्य दिदै एकताको सम्भावना औल्याए ।

‘पूर्वमाओवादी एकजुट हुने प्रस्ताव आएको छ, त्यसका लागि कमरेड प्रचण्डलाई धन्यवाद दिन चाहन्छु,’ गजुरेलले भने,‘पुराना माओवादी एकजुट हुन केही प्रस्ताव पारित होस् भन्ने चाहन्छु ।’

गजुरेलले जनगणतन्त्रको लक्ष्य कायमै रहनुपर्ने बताए । उनले एमसीसी खारेज हुनुपर्ने समेत बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot