Logo

माओवादी जनयुद्ध र मधेश आन्दोलन नभएको भए देशमा संघीय गणतन्त्र हुँदैनथ्योः यादव



काठमाडौं, ११ पौष । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेश आन्दोलनले नै देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा पुर्याएको टिप्पणी गरेका छन् । आज नेकपा माओवादी केन्द्रको महाधिवेशन उदघाटनमा स्वागत मन्तव्य दिदै उनले जनयुद्ध र मधेश आन्दोलनको नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको बताए ।

‘माओवादी जनयुद्ध र मधेश आन्दोलन नभएको भए देशमा संघीय लोकतान्त्रिक गणतन्त्र हुँदैनथ्यो,’ यादवले भने । उनले प्रचण्डको कुशल कमाण्डमा माओवादी अगाडि बढ्ने भन्दै प्रशंशा गरे ।

यादवले धर्मनीरपेक्ष देशको महत्वपूर्ण उपलब्धि भएको बताए । उनले धर्मनीरपेक्ष र गणतन्त्र संकटका परेको हो कि भन्ने आशंकाहरु आएको बताए । ‘धर्मनीरपेक्ष, गणतन्त्र र संघीयता जस्तो महत्वपूर्ण उपलब्धि जाने हो कि भन्ने आशंकाहरु गरिएका छन् ।’



प्रतिक्रिया दिनुहोस्