Logo

माधव नेपालले औंल्याए दलहरुबीच एकताको खाँचो (भिडिओसहित)



काठमाडौं, ११ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सबै राजनीतिक दलहरु एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधानको पालना नगरिए देश भद्रगोल हुने टिप्पणी गरे ।

सम्बोधनको क्रममा उनले नेताहरु नियम, कानून, विधि र विधानमा बाँधिन नचाहेको पनि गुनासो पोखे । उनले पार्टीभित्र कार्यकर्ता र सदस्यहरुको अधिकार ठूलो हुने पनि उल्लेख गरे ।

उनले देशमा अहिलेपनि अन्याय, अत्याचार, विभेद, शोषण र उत्पीडन विद्यमान रहेको बताए । उनले यी सबै कुरा अन्त्यको लागि दलहरुले प्रयत्न गर्नुपर्नेपनि बताए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्