Logo

मातृका बोल्दा देउवा यसकारण दंग



काठमाडौं, ११ पौष । नेकपा माओवादी केन्द्रको महाधिवेशन उदघाटनमा मातृका यादवले चर्को भाषण गरे । उनले नेताहरुको आलोचना र व्यङ्ग्य गरे । मातृकाको भाषण प्रधानमन्त्री शेरबहादुर देउवाले चाखपूर्वक सुने र खुशी पनि भए ।

यादवले पुस्तान्तरणको आलोचना गरे । उनले भने,‘पुस्तान्तरण पूँजीवादी शैली हो ।’ नेपाली काँग्रेसभित्र पुस्तान्तरणको चर्चा चलिरहँदा मातृकाले व्यङ्ग्य गरे ।

केही नजान्नेलाई नेता बनाइदिने नाममा पुस्तान्तरणको कुरा गरिएको बताए । मातृकाले देउवाको नामै लिएर प्रश्न गरे,‘स्थापित नेतालाई पाखा लगाइदिने, केही नजान्नेलाई नेता बनाइदिने ?’ यति भन्दा देउवा झन् दंग हुँदै हाँसे ।

यादवले धेरै पढ्दैमा नेता नभइने बताए । आफूहरुले कहिले द्वितीय नहुनेको नेतृत्वको समेत अभ्यास गरेको बताए । यादवले भने,‘फेस र एजले हुँदैन, डिग्रीले मात्र हुँदैन । समाज कति बुझेको छ भन्ने मुख्य कुरा हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot