काठमाडौं, ११ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग सम्बन्धी एमसीसी राष्ट्रघाती नभएको टिप्पणी गरेका छन् । उनले आफूले राष्ट्रघाती सम्झौता गर्नैै नसक्ने बताए ।
‘एमसीसी राष्ट्रघाती कहाँ छ ?’ आज नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उदघाटनमा स्वागत मन्तव्य दिदै देउवाले प्रश्न गरे,‘पहिले पढ्नुपर्यो नि, कहाँ छ राष्ट्रघाती कुरा ।’
आफूहरुको बीचमा एमसीसीबारे छलफल भइरहेको बताए । एमसीसी देशको हितमा भएको बताए । उनले भने,‘सित्तैमा आएको पैसा हो । सित्तैमा आएको पैसा चाहिंदैन भन्ने ?’ एमसीसी नेपालको कानुन मान्छु भनेर आएको बताए ।
एमसीसी विना संशोधन पारित हुननसक्ने भनी प्रचण्डले भनिरहँदा देउवाले उनकै दलको महाधिवेशनमा पारित गर्नेतर्फ बढ्ने संकेत गरे । उनले एमसीसीबारे भ्रम फैलाइएको भन्दै आलोचना गरे । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम