Logo

प्रचण्डले भनेः एमसीसीबारे देउवाले ठूलो कुरा भन्नुभयो



काठमाडौं, ११ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोगसम्बन्धी एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले ठूलो कुरा बोलेको बताएका छन् । आज पार्टी महाधिवेशन उदघाटनमा बोल्दै उनले एमसीसीबारे देउवाको अभिव्यक्तिलाई महत्वपूर्ण भने ।

‘एमसीसीबारे देउवाजीले आफ्नो विचार राख्नुभयो, राष्ट्रघाती देखाइदिनुपर्यो भन्नुभयो,’ प्रचण्डले भने,‘एमसीसीबारे ठूलो कुरा भन्नुभयो ।’ उनले एमसीसीबारे छलफल भइरहेको समेत बताए ।

देउवाले एमसीसी राष्ट्रघाती हो देखाइदिनुपर्यो ? भनी प्रश्न गरेपछि प्रचण्डको अभिव्यक्ति आएको हो ।

प्रचण्डले देउवाको खुलेर प्रशंशा गरे । अन्य नेताहरुको अभिव्यक्तिको सकारात्मक समिक्षा गर्दै प्रचण्डले देउवालाई संक्षिप्त बोल्ने तर ठूलो स्टेटमेन्ट दिने नेता भने ।

आफूलाई विद्रोहीको नेता हुँदा नै बहादुर भनेको स्मरण गरे । देशमा संविधानसभा देखि परिवर्तन सबै प्रचण्डले गरेको भनेकोमा खुशी व्यक्त गरे । यसो भन्दा देउवाले काँग्रेसभित्र आलोचना खेप्नुपर्ने हुनसक्ने भएपनि यथार्थ भएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot