Logo

बाग्मती सफाई महाभियानको ४५०ओं सप्ताह, कार्यक्रममा सहभागीलाई गुर्जोको चिया सेवा



काठमाडौं, ११ पुस । निःशुल्क गुर्जो अभियन्ता कमलबहादुर राजलवटले बाग्मती सफाई महाभियानमा सहभागीहरुलाई गुर्जोको चिया सेवा गरेका छन् । बाग्मती सफाई महाअभियानको ४५०औं सप्ताहको अवसरमा ज्वागलस्थित् युएन पार्कमा आयोजित सरसफाई कार्यक्रमा सहभागी करिव चार सयभन्दा बढीलाई गुर्जो लगायत ६० भन्दा बढी जडीबुटीयुक्त गुर्जो चिया सेवन गराईएको राजलवटले जनाए ।

जाडो मौसम भएको र स्वस्थवद्र्धक चिया भएकोले सबैले आनन्दपूर्वक गुर्जोको चिया थपि थपि पिएका थिए । अभियन्ता राजलवटले पशुपतिनाथ सरसफाईमा कलिवुड, बलीवुड तथा हलीवुडका प्रख्यात द्वन्द कलाकार सन्नी बी. को प्रमुख आतिथ्यतामा सहभागी सबैलाई गुर्जो चिया सेवन गराईएको पनि उनले जनाए । उक्त अवसरमा कमलबहादुरका दाई रमेश बहादुर राजलवट, योग गुरु किशोर जोशी तथा समाजसेवी गोपाल खड्काको सक्रिय सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot