Logo

माओवादी केन्द्रको उदघाट्न सत्रमा प्रचण्ड अत्यन्त सुसंस्कृत र भव्य देखिनुभयो : वामदेव गौतम



काठमाडौं, ११ पुस । पार्टी एकता अभियानका संयोजक तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष पुष्पकमल दाहालले गरेको सम्बोधनको प्रशंसा गरेका छन् ।

उनले प्रचण्डले आफ्नो विचार संक्षिप्त रुपमा र तर्कयुक्त रुपमा राखेको उल्लेख गरेका छन् । गौतमले आफ्नो सचिवालयमार्फत आफ्नो धारणा अघि सारेका छन् । उनले प्रचण्डको आजको मन्तव्यमा एउटा पनि दुर्वचन नभएको उल्लेख गरेका छन् ।

गौतमले कतिपय पार्टीका नेताहरुले दुर्वचनबाट आफ्नो मन्तव्य सुरु गर्ने गरेको र दुर्वचनबाटै मन्तव्य अन्त्य गर्ने गरेको पनि स्मरण गराएका छन् । तर, दाहाल भने अरु नेताको तुलनामा आज अत्यन्त सुसंस्कृत र भव्य देखिएको गौतमको भनाई छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot