Logo

बिपिडब्लु लघुवित्तले बोलायो साधारण सभा



काठमाडौं, १२ पुस । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारण सभा पुस ३० गते बोलाएको छ । कम्पनीको पुस ८ गते बसेको संचालक समितिको बैठकले निर्णय अनुसार सभा सिद्धार्थ कटेज धोबीघाट ललितपुरमा गर्ने भएको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को बार्षिक लेखापरिक्षण प्रतिवेदन तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु, वासलात नाफा नोक्सान हिसाव, नगद प्रवाह बिबरण सहितको लेखा विवरणहरु, निर्देशन अनुसारका अन्य अनुसूचीहरु तथा कर्जा नोक्सानी ब्यबस्थाको विवरण समेत छलफल गरी पारित गर्ने जनाइएको छ ।

साथै सभाले आर्थिक वर्ष २०७४÷७५ को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, यस वित्तीय संस्थाको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन तथा स्वतन्त्र संचालक नियुक्ति गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्