Logo

सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहामा आज चक्काजाम गर्ने



काठमाडौँ, १२ पुस। डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहामा आज चक्काजाम गर्ने भएको छ । सिराहाका किसानका सात बुँदे माग लिएर उक्त पार्टी आन्दोलनमा उत्रिएको हो ।

पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा उत्रिएको हो ।

उक्त माग लिएर पार्टीले आज सिराहमा चक्काजामको घोषणा गरेको छ । आज बस्ने आन्दोलन समितिको बैठकबाट थप आन्दोलनका कार्यक्रम घोषणा गरिने जानकारी दिइएको छ । गोदामबाट गहुँको बीउ लुटिएको आरोपमा एक किसानलाई पक्राउ गरिएपछि जनमत पार्टीले सिरहामा आन्दोलन चर्काएको हो ।



प्रतिक्रिया दिनुहोस्