Logo

अवैध बन्दुकसहित पक्राउ



वीरगञ्ज, १२ पुस: बारा प्रहरीले अवैध नलकटुवा बन्दुकसहित एक जनालाई परवानीपुरबाट आइतबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय परवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले बाराको परवानीपुर गाउँपालिका–४ चैनपुर का २४ वर्षीय सनवर देवानलाई पक्राउ गरेको हो । उनलाई चैनपुरस्थित लक्ष्मीनारायण दुर्गा मन्दिर परिसरभित्रबाट अवैध कटुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot