Logo

माओवादी अधिवेशनः केहिबेरमा बन्दसत्र सुरु हुँदै



काठमाडौं, पुस १२। नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गत केहीबेरमा बन्दसत्र सुरू हुँदैछ । बिहान ११ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र एक घण्टा ढिलोगरि सुरु हुन लागेको हो ।

बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश गर्दैछन् ।

स्थायी समिति सदस्य जनार्दन शर्माका अनुसार बन्दसत्रमा राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुने जनाइएको छ । बन्दसत्रमा कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् ।

सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् ।

माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्