Logo

इँटाभट्टामा मजदुरको शव फेला



भक्तपुर, १२ पुस । भक्तपुरको इटाभट्टामा एक मजदुरको शव फेला परेको छ । चाँगुनारायण–८ सुडालस्थित श्री इँटाभट्टाको झ्याउलीमा आज बिहान एक भारतीय मजदुरको शव फेला परेको प्रहरीले जनाएको छ ।

भारत घर भई सोही इँटाभट्टामा काम गर्ने ३२ वर्षीय सञ्जय पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार विहान अचेत अवस्थामा भेटिएका पासवानको उपचारको लागि सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा पुर्याएपछि मृत्यु भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot